• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

अखिल क्रान्तिकारीको अध्यक्षमा ६, महासचिवमा ८ जना उम्मेदवार

काठमाडौँ । प्राविधिक समस्याका कारण ढिलाेगरी अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि भएकाे मनाेनय थाहा भएकाे छ । क्रान्तिकारीकाे केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा ६ जनाको उम्मेदवारी परेको निर्वाचन कमिटिका एक सदस्यले जानकारी दिए । 

उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र  विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।  

त्यसैगरी उपाध्यक्षमा समीर बुढाथोकी, सञ्जीव चौधरी, बिराज थापा, तुलसीराम न्यौपाने, मदन ढकाल, मीनराज ओली , देवेन्द्र शर्मा , पार्वती नेगी , पदम नेपाली, देवकी कार्की र  ममता अधिकारीको उम्मेदवारी परेकाे छ ।  

महासचिवमा भने सञ्जीव फुयाँल बन्दुक, रोशन थापा मगर, रोशन खड्का पदम काफ्ले,  प्रतीक कार्की, तिर्सना हमाल, गोविन्द बानिया, श्याम रोका तथा कोषाध्यक्ष पार्वता चौलागाई र फुलमाया राणाको उम्मेदवारी परेको छ । 

सर्भरमा समस्या देखिएकाले निर्वाचन समितिले आधिकारिक रूपमा उम्मेदवारको नाम भने सार्वजनिक गरिसकेको छैन । नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।

अखिल क्रान्तिकारीमा पुस दोस्रो साता उमेर हद लगाउने/नलगाउने विषयमा प्रत्यक्ष निर्वाचन भएको थियो । करिब दुई हजार चार सय मतदाता रहेकामा १ हजार ७ सय ८९ मत खसेको थियो । मत परिणाम अनुसार उमेर हद लगाउनुपर्ने पक्षमा ९ सय र नलगाउने पक्षमा ८ सय ७९ मत खसेको थियो ।  

उमेरहद लागू भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओ‌वादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिए ।

पूर्वविद्यार्थी नेताहरूलाई जिम्मेवारी दिनेबारे उपमहासचिव शक्ति बस्नेत, इञ्चार्ज हिमाल शर्मा र अखिल क्रान्तिकारीकी निवर्तमान अध्यक्ष पञ्चा सिंहको कार्यद बनाएको थियो । कार्यदलको प्रतिवेदनका आधारमा पूर्वविद्यार्थी नेतालाई जिम्मेवारी दिनेबारे टुंगो लाग्न बाँकी छ । 

संगठनबाट बाहिरिएका नेताहरूले पार्टीमा उचित जिम्मेवारी दिन माग गरेका छन् । यस विषमाय पूर्व अध्यक्ष रिन्जत तामाङले केन्द्रीय समिति बैठकमै जिम्मेवारी ताेकेर जान सुझाव दिएका थिए । 

निर्वाचन कार्यतालिका-
१. मिति २०८१ साल माघ ८ गते बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्नु पर्ने छ ।

२. मिति २०८१ साल माघ ८ गते उम्मेदवारी मनोनयनको समय समाप्तपछि सोही दिन उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ ।

३. मिति २०८१ साल माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोध गर्नु पर्ने छ ।

४. मिति २०८१ साल माघ ९ गते बिहान ११ः०० बजे पछि दाबी विरोधको छानबिन र नामावली प्रकाशन गरिने छ ।

५. मिति २०८१ साल माघ १० गते बिहान ११ः०० बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने छ ।

६. मिति २०८१ साल माघ १० गते दिउँसो २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

७. मिति २०८१ साल माघ १२ गते बिहान ९ः ०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म मतदान हुनेछ ।

८. प्रत्येक प्रदेशमा मतदान केन्द्र रहनेछन् ।

९. ३२ वर्ष उमेर हदका लागि २०४९ माघ ७ गते तदअनुसार २० जनवरी १९९३ वा त्यसपछि जन्ममिति भएका प्रतिनिधिले मात्र मनोनयन दर्ता गर्न सक्नेछन् । उम्मेदवारी मनोनयन दर्ता गर्दा नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचयपत्रमध्ये कुनै १ परिचय पत्र अनिवार्य अपलोड गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर