• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

प्रधानमन्त्री ओलीको स्वर भासियोः भेटघाट र कार्यक्रम बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। 

जसले गर्दा बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको छ। चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

घाँटीमा समस्या आएकाले आराम गरिरहेकाे उनकाे सचिवालयले जनाएकाे छ । 

बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर