• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

सरकार आफैँ कालोबजारी गर्न थाल्याे: सांसद डा‍ सिंह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा‍ अमरेशकुमार सिंहले सरकार आफैँ कालोबजारीको प्रतिनिधि भएको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै यस्तो आरोप लगाएका हुन् । 

'सरकार कालोबजारीको प्रतिनिधि बन्दै गएको छ । राजस्व सङ्कलन बढाउनका लागि मूल्यवृद्धि नियन्त्रण गर्दैन ।' उनले भने 'राजस्व बढ्यो भने बरु घुस खान सजिलो हुन्छ । मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ला भनेर विश्वास गर्नुहुँदैन, बरु लेखा समितिबाट एउटा समिति गठन गरौँ र मूल्य निर्धारण गरौँ ।'

नेपालमा उत्पादन हुने कुल सिमेन्टको २५ प्रतिशत निर्माण व्यवसायीले खपत गर्ने र ७५ प्रतिशत  जनताले उपयोग गर्ने भएकाले मूल्यवृद्धिको मारमा जनता परेको उनको भनाइ छ ।  २० प्रतिशत बढी नाफा राखेर बिक्री गर्नु कालोबजारी हुने भए पनि सरकारले बेवास्ता गरिरहेको उनले  बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर