• २०८१ माघ ११ शुक्रबार
  • Friday, 24 January, 2025

प्रचन्डले भने: भ्रष्टाचारीको जरो किलो उखेल्न बहुमत दिनुस्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ मा जस्तै २०८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने बताएका छन् । बिहीबार खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई विजयी गराउन अपिल गरे । 

‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ  । भ्रष्टाचारीसँग समीकरण गरिँदैन’, उनले भने । 

कार्यक्रममा केपी ओली नेतृत्वको गठबन्धन सरकार अवैध भएकाले सरकारमा बसिरहन नहुने बताएका छन् । ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको उनले आरोप लगाए ।


नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गरे । 

अध्यक्ष प्रचण्डले गर्न संभव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील बनाउन सकिने बताए ।

आफूले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा नाका क्षेत्रको आर्थिक गतिविधि सहज बनाउने गरी थुप्रै निर्णय गरेको स्मरण गराउँदै उनले भारतसँगको विद्युत व्यापार, नेपाल,भारत र बङ्गलादेशसँगको त्रिदेशीय विद्युत व्यापार सम्झौताको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने बताए।

आफूले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा एकैसाथ आठवटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिदै संयुक्त राष्ट्रसङ्घको महासभा, कोप २८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कुटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर