• २०८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025

अखिल क्रान्तिकारीको चुनावमा गुटहरु देखिए – प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको विवाद समाधान हुन नसकिरहेका बेला पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यो चुनावमा गुटहरु सतहमा आएको टिप्पणी गरेका छन् । 

महाधिवेशनको संघारमा रहेको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले विद्यार्थीको चुनावसम्म आइपुग्दा पार्टीभित्र गुटगत स्वार्थ प्रस्ट देखिएका टिप्पणी गरेका हुन् ।

भर्खर सकिएको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादीलाई जनतातिर फर्काएको र पार्टीले जितेको १२३ पालिकालाई मोडेल पालिकाको रूपमा विकास गर्दै समाजवादी मोडेलमा विकास गर्ने उनले बताए । 

यसैगरी बैठकमा उनले केपी ओली नेतृत्वको सरकार संसद् फेस गर्ने आँट नभएर बिचौलियालाई फाइदा हुने गरी अध्यादेश ल्याएको आरोप लगाए ।

‘सरकार संसद्सँग भागिरहेको छ किनभने यो सरकारले जनताको पक्षमा काम गर्न सक्दैन । ओली सरकारको जगमा बिचौलिया र भ्रष्टाचार छ । संसद् फेस गर्ने आट नभएर बिचौलियालाई फाइदा हुने गरी अध्यादेश आयो’, सापकोटाले भने । 

संविधान संशोधन गर्ने भए प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री नहुने विषय माओवादीको लाइन रहेको प्रस्ट पारे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर