बाइडेनकालमा ट्रम्पकालको तुलनामा ५ गुणा नेपाली विनाभिसा अमेरिका प्रवेश
राष्ट्रपति जो बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीले फेला पारेकाहरु हुन् । सिमा सुरक्षा गस्तीले फेला नपारिकनै अमेरिका प्रवेश गर्नेहरुको रेकर्ड डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग छैन ।
अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु यसरी विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको छ । २०२३ को अक्टोबरबाट सुरु भएको र २०२४ को सेप्टेम्बरमा समाप्त भएको आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।
जस अन्तरगत २०२४ को सेप्टेम्बरमा ३६०, अगष्ट महिनामा २६०, जुलाईमा २१०, जुनमा २००, मे महिनामा १८०, अप्रिलमा ३१०, मार्चमा १६०, फेब्रुअरीमा २३० जना र जनवरीमा २०० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । सन् २०२३ को डिसेम्बरमा ४२० जना, नोभेम्बरमा ५५० जना र अक्टोबरमा ६१० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।
आर्थिक बर्ष २०२५ सुरु भइसकेपछि गत अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गतसाता सार्वजनिक गरेको थियो । आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।
२०१४ देखि २०२२ सम्मको ९ बर्षमा केवल ५१९० नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सीबीपीको जम्काभेटमा परेका थिए । तर २०२२ को अक्टोबरपछिका २ आर्थिक बर्ष अर्थात् २४ महिनामा ६८३० नेपालीहरु यसरी विनाभिसा अमेरिका प्रवेश गरेका छन् ।
आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । अघिल्लो ट्रम्प प्रशासन अन्तर्गत चार वर्षमा कुल १८५० नेपालीलाई विनाभिसा प्रवेश गरेका थिए, जस अन्तरगत २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जनामात्र रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।
२०१४ मा ४७०, २०१५ मा ४१० र २०१६ मा ५५० नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् ।
प्रतिकृया दिनुहोस