त्रिकोणात्मक टि २० नेपालकाे लगातार चाैथाे हार, उपाधिकाे सम्भावना समाप्त
काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ ।
मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ ।
थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रन मात्र बनायो।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । कविता जोशी २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदै आउट हुँदा रोमा थापा रनमा १९ नट आउट रहिन् ।
थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिइन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गरेको थियो ।
थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । उनले २८ बलमा १ चौका प्रहार गरिन् । नान्नापत खोन्चरोएन्कले २३ बलमा १९ तथा अफिसारा सुवान्चोनरथीले १९ बलमा १७ रन जोडिन् ।
५६ रनमा ६ विकेट गुमाएर झिनो योगफलको सम्भावना देखाएको थाइल्याण्डका लागि छैठौं विकेटका लागि ५० रनको साझेदारी भए सँगै थाइल्याण्डले मध्यम योफल तयार भयो ।
नाट्टाया बुचाथमले ९ बलमा १२ जोड्दै आउट हुँदा थिपचा पुत्थावोंग २५ रनमा नट आउट रहिन् । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १ विकेट लिईन् ।
नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
थाइल्याण्ड भने पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो ।
सिरिजको पहिलो भेटमा पनि थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
प्रतिकृया दिनुहोस