• २०८१ माघ २३ बुधबार
  • Wednesday, 5 February, 2025

स्विडेनको विद्यालयमा गोलीकाण्ड, कम्तीमा १० जनाको मृत्यु

स्विडेनको ओरेब्रो शहरमा रहेको एक विद्यालयमा मङ्गलबार गोलीकाण्ड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु कैयन घाइते भएका छन्। अधिकारीहरूले यो आतंककारी आक्रमण नभएको अनुमान गरेका छन्।

स्थानिय समय अनुसार दिउँसो साढे १२ बजे गोली चलाएको सुचना पाएपछि प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै विद्यालय परिसरलाई लकडाउन गरेको थियो।
यो अत्यन्तै डरलाग्दो र असाधारण घटना भएको तथा यो एक प्रकारको भयावह सपना जस्तो भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् ।

यो आतंकवादी हमला नभएको जस्तो देखिने तर अनुसन्धानको सुरुवाती चरण भएकाले अझै निष्कर्ष निकाल्न नसक्ने प्रहरीले बताएको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिएको विश्वास गरेको प्रहरीले जनाएको छ ।

स्विडेनी समाचारमाध्यमहरूमा देखाइएका तस्बिरहरूमा विद्यालय वरिपरि धेरै प्रहरी कारहरू तैनाथ गरिएका दृश्यहरू देखिन्थ्यो। विद्यालयमा हुने गोलीकाण्डहरू स्विडेनमा दुर्लभ मानिन्छन्, तर पछिल्ला वर्षहरूमा देशमा हिंसात्मक अपराधको दर बढिरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर