नेदरल्याण्ड्सविरूद्ध नेपालले दियो १४६ को लक्ष्य, पुजाको अर्धशतक
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि पुजा महतोले अर्धशतक प्रहार गरेकी छन् । चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले ४३ बलमा चार चौकासहित अर्धशतक बनाएकी हुन् ।
जारी शृंखलामा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो । पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।
नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४६ को लक्ष्य प्रस्तुत गरेको छ।
प्रतिकृया दिनुहोस