पूजाको अर्थशतकका वावजुत नेदरल्यान्डसविरुद्ध नेपालको हारमा ह्याट्रिक
काठमाडौं । प्रतियोगितामा नै नेपाली युवा अलराउण्डर पूजा महतोले अर्धशतक पूरा गरिन् । नेपालले आजको खेलमा नेदरल्यान्डसलाई प्रतिस्पर्धात्मक लक्ष पनि दिएको थियो ।
यस्तो लक्षमा नेपालले जित निकाल्ने अपेक्षा गरिएको थियो । तर परिणाम नसोचिएको आयो । नेपालले १० विकेटको हार खायो । त्यो पनि प्रतियोगिताकै लगातार पाँचौ र नेदरल्यान्डससँग हारमा ह्याट्रिक ।
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।
नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा नट आउट ४८ रन जोडिन् ।
नेपालले ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् ।
रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् । पुजा यस सिरिजमा अर्धशतक बनाउँने पहिलो नेपाली ब्याटर हुन् ।
५ खेलमा ६ अंकका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा अंकबिहिन नेपाल तालिकाको पुछारमा छ ।
सिरिजमा नेपाल र नेदरल्याण्ड्सको अलावा थाइल्याण्डको पनि सहभागीता रहेको छ । सबै टोली एक आपसमा ३ खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधी जित्नेछ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस