• २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025

अध्यादेशबारे उपेन्द्र यादवकाे नयाँ धारणा, अप्ठ्याराेमा सरकार

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अध्यादेश पास गर्ने विषयसँग मन्त्री अथवा मुख्यमन्त्री साट्न खोजेको आरोप लागिरहेका बेला उनको नयाँ धारणा सतहमा आएको छ । 
सरकारले पास हुने पक्का नभईकन अध्यादेशको विषय संसदको कार्यसूचीमा राख्नै आनाकानी गरिरहेका बेला उनले संसदमा आएपछि मात्रै निर्णय गर्ने धारणा अघि सारेका छन् । उनको यस्तो धारणाले सत्ता पक्षलाई थप अप्ठ्यारोमा पारेको छ । 

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले संसद्‍बाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको बताएका हुन् । 

पार्टीले अध्यादेशबारे धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ । देश र जनताको हितमा आफूहरुको निर्णय हुने उनले बताए ।

‘हामीले कहाँ अड्काएका छौँ त ? सरकारले कार्यसूचीबाट आफैं फिर्ता लिन्छ । हामीले अड्कायो कसरी भयो । हामी धारणा बनाउँदैछौँ र हाम्रो सोच सकारात्मक छ । क्रिएटिभ रूपले हामी सोच्दैछौँ । देश र जनताको हितमा हामी अगाडि बढ्छौँ । सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ । हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो,’ उनले भने ।

उनले अहिले सरकारमा जाने अवस्थामा आफूहरू नरहेको र कुनै मन्त्रालय नचाहिएको पनि बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर