आगलागीमा घाइते सानदार मम पसलका दुई कामदारको मृत्यु
![](https://samachardainik.com/uploads/news/images/deth2021-12-27-12-10-52.jpeg)
काठमाडौं । आगलागीमा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ।
उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको र आज विहान भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जनाकारी दिए।
गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। जसमध्ये सात जना गम्भीर घाइते भएका थिए।
प्रतिकृया दिनुहोस