जुम्लामा बुधबार २ पटक भूकम्प गयाे
![](https://samachardainik.com/uploads/news/images/bhukamp-le-charkiyako2022-07-31-05-55-37.jpeg)
जुम्ला । जुम्लाको पाटमारा क्षेत्र केन्द्रबिन्दु भएर बुधबार दिउँसो फेरि भूकम्प गएको छ । दिउँसो ३ः३८ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाको पाटमारा क्षेत्रमा थियो ।
हालसम्म भूकम्पका कारण कुनै क्षति भएको जानकारी प्राप्त नभएको भए पनि स्थानीयवासीहरू केहीबेरका लागि त्रसित बनेका थिए । यसबारे थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस