• २०८१ फाल्गुण ९ शुक्रबार
  • Friday, 21 February, 2025

लेबनानमा १ लाख बढी विस्थापित, पुनर्निर्माणका लागि ४ खर्ब १० अर्ब डलर लाग्ने

लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा समाप्त भएको छ । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको थियो ।

हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिकहरू बाहिर निस्कनुपर्ने समयसीमा भने मङ्गलबार समाप्त भएको छ ।

लेबनानी सुरक्षा अधिकारीका अनुसार इजरायली सैनिकहरूले सोमबारदेखि केही सीमावर्ती गाउँबाट फिर्ता हुन थालेका थिए । तर उनीहरू प्रमुख क्षेत्रहरूमा रहने दृष्टिकोण देखिन्थ्यो ।

हिजबुल्लाहको गढ मानिने दक्षिण र पूर्वी लेबनान तथा दक्षिण बेरुतमा दुई महिनाको पूर्ण युद्ध र गाजा द्वन्द्वका कारण हिजबुल्लाहले शुरु गरेको एक वर्षको सीमा पार गतिविधिहरूका कारण भारी विनाश भएको थियो ।

अधिकारीहरूका अनुसार पुनर्निर्माण लागत ४ खर्ब १० अर्ब डलरभन्दा बढी पुग्नसक्ने अनुमान छ । संयुक्त राष्ट्रसङ्घको आँकडाअनुसार एक लाखभन्दा बढी मानिस अझै आन्तरिक रूपमा विस्थापित छन् ।

विनाशका बावजुद हजारौँले नोभेम्बर २७ को युद्धविरामदेखि घर फर्कन, उनीहरूको सम्पत्तिको निरीक्षण गर्न र केही अवस्थामा भग्नावशेषमुनि मृतकहरूको खोजी गर्न उत्सुकतापूर्वक पर्खिरहेका छन् ।

अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविरामअन्तर्गत इजरायली सेना ६० दिनको अवधिमा फिर्ता हुँदै गर्दा लेबनानको सेना संयुक्त राष्ट्र शान्ति सैनिकहरूसँग तैनाथ हुनुपर्ने थियो ।

यो अवधि फेब्रुअरी १८ सम्म विस्तार गरिएको थियो । हिजबुल्लाहले सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको लिटानी नदीको उत्तरतिर फर्किने र त्यहाँ बाँकी रहेको सैन्य पूर्वाधारहरू विघटन पार्ने थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर