एकीकृत समाजवादी काभ्रेका नेता सापकोटाको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह–इञ्चार्ज विदुर सापकोटाको उपचारका क्रममा निधन भएको छ । 

अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पताल भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३:५० बजे चिकित्सकले मृत्त घोषणा गरेका थिए ।

तत्कालीन पञ्चायतविरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीतिमार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए। 

माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह–इञ्चार्जको भूमिकामा थिए ।

सापकोटा २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्रनम्बर ४ बाट विजयी भएका थिए । 

सापकोटाको शवलाई श्रदाञ्जलीका लागि बिहान १०ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा राखिने र त्यसपश्चात पशुपति आर्यघाटमा दाहासंस्कार गरिने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर