माधवसँग झलनाथ रिसाए, राखे ६ पेजको यस्ताे फरक मत

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा सम्मानित नेता झलनाथ खनालले ६ पेजको फरक मत राखेका छन्।
पार्टीको भर्खरै छापिएको विधानका विषयमा असन्तुष्ट रहेका खनालले ‘सामान्य सदस्य’ भन्दै केन्द्रीय समिति बैठकमा ‘गलत निर्णयलाई सच्याऔँ, पार्टीलाई एकताबद्ध बनाएर अघि बढाऔँ’ भन्ने शीर्षकमा फरक मत दर्ज गरेका हुन्।
१० औँ महाधिवेशनमा खनाललाई सम्मानित नेता भनेर सर्वसम्मत चयन गरेको थियो। पछिल्लो पटक विधान छापिएर आउँदा सम्मानित नेता केन्द्रीय समितिले चयन गर्ने प्रावधान राखेर आएपछि खनाल रिसाएका छन्। मङ्गलवार स्थायी कमिटी बैठकमा उनी अध्यक्ष माधवकु
मार नेपालसहितको अग्र भागमा नबसेर सदस्यको ठाउँमा बसेका थिए। त्यसयता आफूलाई उनी ‘सामान्य सदस्य’ भन्दै परिचय दिँदै आएका छन्।
यता केन्द्रीय समितिको फरक मतमा उनले अनेरास्ववियू र युवा संघका हकमा नयाँ नीति लिनुपर्ने भन्दै फरक मत दर्ज गरेका हुन्।
उनले सबै जन वर्गीय संगठन जनवादी ढङ्गले रूपान्तरित र हस्तान्तरित गर्नुपर्ने भन्दै फगत केन्द्रीयतावादी, निरंकुशतवादी वा टीकेवादी तरिकाले गर्न नहुने भनेका छन्।
जनसंगठनका प्रमुखलाई ठाडो निर्देशनमा हटाउने, जनवादी ढङ्गले निर्णय गर्न नदिने, अपानी जारी गरेर हटाउने, पक्षपातपूर्ण र पूर्वाग्रह व्यवहार गर्ने कुराको विरोध फरक मतमा छ।
उनले फरक मतमा अध्यक्ष नेपाललाई लक्षित गर्दै गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका अपनाइको र त्यसको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्ने भनेका छन्।
प्रतिकृया दिनुहोस