• २०८१ फाल्गुण १२ सोमबार
  • Monday, 24 February, 2025

सरकार असफल भयो भन्दै माओवादीले संसदमा माग्यो ओलीको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् । 

सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । 

यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन ध्यानाकर्षण गराए । 

‘सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजन अवस्थामा पुगेको छ। म यसका प्रति खेद व्यक्त गर्न चाहन्छु। निन्दा व्यक्त गर्न चाहन्छु,’ उनले भने। 

यो घटनाक्रमलाई सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्णरूपमा असफल भएको संकेतका रूपमा संसदले लिनुपर्ने उनले बताए।

‘सरकारले नैतिकरूपमा आफ्नो मार्गप्रशस्त गर्नुपर्छ। सरकारको कुनै भरोसा रहने नै रहेन। सिंगै देशको इज्जत, प्रतिष्ठा, मानको रक्षा र सम्बद्र्धनका खातिर गम्भीरताका साथ विशेष महत्तवका साथ यसलाई लिनुुपर्छ। सदन थप कदमका लागि गम्भीर बनोस्,’ उनले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर