• २०८१ फाल्गुण १४ बुधबार
  • Wednesday, 26 February, 2025

१३ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? 

काठमाडौं । विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा गरेको हो । अजस अनुसार ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत साबानकुमार चौधरीलाई सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशिराम पन्थीलाई गुल्मीको मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर