स्ववियु चुनावः शितल क्याम्पस रुकुममा क्रान्तिकारीका डाँगी सर्वसम्मत

काठमाडौं । स्ववियु चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले सर्वसम्मत अध्यक्ष पाएको छ । 

रुकुम पश्चिमको चौरजहारीस्थित शितल क्याम्पसमा क्रान्तिकारीका तर्फबाट अध्यक्षमा प्रकाश डाँगी सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्षमा नेविसंघका मदन विक, सचिवमा एमाले अखिलका आरेम्बर सिंह र कोषाध्यक्षमा नेविसंघकै स्तुती आचार्य सर्वसम्मत भए । 

यसअघि सिन्धुपाल्चो जिल्लाको साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन गर्दै क्रान्तिकारीले खाता खोलेको थियो । जुगल बहुमुखी क्याम्पसमा सुस्मिता श्रेष्ठ सर्वम्मत निर्वाचित भएकी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर