स्ववियु चुनाव: त्रिचन्द्रमा टुट्याे सत्ता गठबन्धन, कम्युनिस्टहरु एकै ठाउँ

काठमाडौं । काठमाडौं त्रिचन्द्र क्याम्पसमा सत्ता गठबन्धन टुटेकाे छ। त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)विरुद्ध अन्य सात विद्यार्थी संगठनहरूबीच चुनावी तालमेल भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेसनिकट नेविसंघको प्रतिस्पर्धामा ६ कम्युनिस्ट घटक विद्यार्थी संगठन र एक आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनबीच गठबन्धन बनेको हो ।
नेविसंघले गोविन्द कोइरालालाई सभापति पदका लागि उम्मेदवार बनाएको छ भने तालमेल गरेका सात विद्यार्थी संगठनले अनेरास्ववियुका प्रमित विष्टलाई समर्थन गरेका छन् । विष्ट एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका हुन् ।
प्रतिकृया दिनुहोस