• २०८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025

एमाले अखिल १६ मा निर्विरोध हुँदा माओवादी अखिल २१ क्याम्पसमा (सूचीसहित)

काठमाडौं । राजनीतिक दलहरुको जनमत संग्रहकै रुपमा लिइने क्याम्पसहरुको स्ववियु चुनावी प्रकृया चलिरहेको छ । हिजो मनोनय दर्ता भएको स्ववियु चुनावको आज अन्तिम नामावली सार्वजनिक हुँदैछ । 

मनोनय दर्तासँगै कतिपय क्याम्पसहरुका एकल तथा सहमतिमा उम्मेदवारी परेका छन् । जसका कारण निर्विरोध नयाँ नेतृत्व चयन भएका छन् । 

निर्विरोध निर्वाचित हुनेमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका १६ क्याम्पस छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका २१ क्याम्पसमा निर्विराेध भएकाे उपाध्यक्ष ममता अधिकारीले जानकारी दिइन् । 

अहिलेसम्म प्राप्त विवरणअनुसार देशभरका १६ क्याम्पसमा आफ्नो संगठनबाट सभापति निर्विरोध निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ । 

त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ ।

यस पटक निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयन भएको छ ।

यी हुन् अनेरास्ववियुका सभापतिमा निर्विरोध १६ क्याम्पस

१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला ।
२. शिक्षा क्याम्पस बैतडी, अकबर चन्द ।
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी ।
४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार ।
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द ।
६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला ।
७. मंगला शिक्षा क्याम्पस म्याग्दी, एल्डिस पुन ।
८.बझाङमा सेती क्याम्पस, दिपेन्द्र दौल्याल ।
९. दर्छा क्याम्पस रामपुर पाल्पा, अनिषा कोइराला ।
१०.मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखर, सागर खत्री ।
११.दार्चुलाको लटिनाथ क्याम्पस, रुकेश सिह विष्ट ।
१२.दार्चुलाको कृष्ण स्नातक क्याम्पस लाली, ओमकार पाल ।
१३) बैतडीको नव प्रभात संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर, सपना चन्द ।
१४) संखुवासभा बहुमुखी क्याम्पस चैनपुर, चेतन भण्डारी ।
१५. देवदह आदर्श बहुमुखी क्याम्पस, अस्विन न्यौपाने ।
१६) चितवनको आद्र्श बहुमुखी कलेज, अनुज न्यौपाने ।

यी हुन् अनेरास्ववियू क्रान्तिकारीका सभापतिमा निर्विरोध २१ क्याम्पस

1. जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
2. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ -प्रदिप श्रेष्ठ
3. नेत्रावती बहुमुखी क्याम्पस, धादिगं – अभिषेक थपलिया
4. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम- प्रकाश डाङ्गी
5. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा, बझाङ- बम धामी
6. सिजा बहुमुखी क्याम्पस, जुम्ला – सन्तोष आचार्य
7. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली
8. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
9. शंकरापुर क्याम्पस, दार्चुला – जानकी टमटा
10. श्रिकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ
11. संजिवनी क्याम्पस, काभ्रे -दिपक रानामगर
12. प्रभा बहुमुखी क्याम्पस, काभ्रे- सुजन चौलागाई
13. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल
14. बनगाढ क्याम्पस, सल्यान – जिवन विष्ट
15. भाषा क्याम्पस, धनकुटा – सरोज थापा
16. सिद्दीपृथ्वी जनता क्याम्पस, दांग – सुदिप चौधरी
17. सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दिपेन्द्र ओली
18. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी
19. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी
20. स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा
21. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली- दुर्गा बहादुर मगर

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर