• २०८१ फाल्गुण ३० शुक्रबार
  • Friday, 14 March, 2025

स्ववियु निर्वाचन : ८४ क्याम्पसमा निर्विरोध, काे कतिमा निर्वाचित ?

काठमाडौँ । देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व निर्विरोध चयन भएका छन्। मंगलबार मनोनयन दर्ता गर्नेक्रममा एक पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन्। निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको अध्यक्ष दुजाङ शेर्पाले बताए ।

अनेरास्ववियुले ३० वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको अध्यक्ष समिक बडालले दाबी गरे भने बाँकी २१ वटा क्याम्पसमा अखिल क्रान्तिकारीले जितेका दाबी गरेका छन्। काठमाडौं उपत्यकाका २२ मध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको छ ।

नेपाल ल, शंकरदेव, पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छैन। त्रिवि अर्न्तगतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो ।

नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले आंगिकबाहेक सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको जनाएका छन् । उम्मेदवारी मनोनयन भएका ठाउँहरूमा चैत्र ५ गते मतदान हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर