• २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025

आजको राशिफलः आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्

मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आकासे रङको प्रयोग नगर्ने।

वृष : योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सामान हराउने वा चोरी हुने भय छ। प्रेमीसँग असमझदारी बढ्न सक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ हरियो हो भने र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : सहयोगी हात अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक तथा संस्कृतिक क्षेत्रमा सहभागिता बढ्नेछ। राजनीतिक र सामाजिक काममा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। वैदेशिक बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। प्रेमीको भरपुर सहयोग हुनेछ। आहारविहारमा भने सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ७० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : आफन्तबीच खटपट, चिन्ता र शङ्का उब्जनेछ। विद्या र बुद्धिको कमी हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीको पढाइमा मन नजान सक्छ। नयाँ क्षेत्रमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। असत्य नबोल्ने।

तुला : शुभकार्यमा सरिक भइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शुभारम्भको चर्चा चल्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवाभाव बढेर जानेछ। रोकिएका कामले गति लिनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : धार्मिक यात्राको योजना बन्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। अधुरो कार्य सम्पादनमा सहजता मिल्ला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

मकर : सुखदुःख बराबरी रहनेछ। योजना गोप्य राखेरै अघि बढ्नुहोला। सहकर्मीबाट विरोध आउन सक्छ। लगानी र बजारले पनि साथ नदेला। आफन्तबाट साथ र हौसला मिल्नेछ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ३७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कुम्भ : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन : दाम र प्रतिष्ठा कमाउने बेला छ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सम्पन्न हुनेछ। खानपिनको विविध परिकार खान पाइएला। धार्मिक यात्राको योग र योजना बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर