बसन्तपुरमा विदेशीले पनि मनाए होली

काठमाडौं । फागुपूर्णिमाको अवसरमा आज नेपालको पहाडी क्षेत्रमा रंगको पर्व होली मनाइएको छ । काठमाडौंको बसन्तपुर, टुँडिखेल, दरबारमार्ग लगायतका क्षेत्रमा होली विशेष सांस्कृतिक कार्यक्रम राखिएको छ ।
आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ । यसै अवसरमा काठमाडौंको बसन्तपुरमा विदेशीहरूले होली मनाएका छन् ।
आज काठमाडौंको बसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरुले पनि आपसमा रंग खेलेर होली मनाए । उनीहरु बसन्तपुर, ठमेल लगायतका क्षेत्रमा रंगिएर हिँडेको दृष्य देखिन्छ । बसन्तपुर लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेहरुको चहलपहल छ । ठाउँ–ठाउँमा होली विशेष कार्यक्रम पनि आयोजना भइरहेका छन् ।
प्रतिकृया दिनुहोस