युनाइटेड र टोटनहम युरोपा लिगको क्वाटरफाइनलमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनहमले बिहीबार युरोपा लिगको क्वाटरफाइनल यात्रा तय गरेका छन् । युनाइटेडले ओल्ड ट्रायफोर्डमा भएको दोस्रो लेगको अन्तिम १६ को खेलमा रियल सोसिडाडलाई ४–१ ले हरायो र समग्रमा ५–२ को अग्रता लियो ।
त्यसमा ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे । टोटनहमले लन्डनमा एजेड आख्मरलाई ३–१ ले पराजित गरेर समग्रमा ३–२ ले अगाडि रह्यो । उसका लागि विल्सन ओडोबर्टले दुई गोल गरे ।
यस्तै, लियोनले एफसीएसबीलाई ४–० हराएर समग्रमा ७–१ को फराकिलो अग्रता लियो । रेन्जर्स भने फेनाबासेसँग २–० ले पराजित भएपछि समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो ।
क्वाटरफाइनल पुग्न एथलेटिको बिलबाओले एएस रोमालाई ३–१, एन्ट्राख्ट फ्रायन्फर्टले आयाक्सलाई ४–१ र ओलम्पियाकाजेले बोडोएलाई २–१ ले हरायो । लाजियोले भने भिक्टोरिया प्लाजेनसँग १–१ को बराबरी खेल्यो ।
प्रतिकृया दिनुहोस