• २०८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025

दोस्रो हाफमा मैदान छिरेर मेसीले गरे गोल, जिताए मायामी

काठमाडौं । अमेरिकी सकर लिग खेलिरहेका विश्व फुटबलका सुपरस्टार लियोनल मेसीको खेल क्षमता अझै कम भएको छैन ।

पछिल्ला केही बिदाका कारण नखेलेका उनी तीन खेलपछि आज विहान भएको खेलमा दोस्रो हाफकाे ५३ मिनेटमा मैदान छिरे । 

अमेरिकी कनकाफ च्याम्पियन्स कपको आज जमैकन काभलियर विरुद्धको खेलमा मेसीले अन्तिम इन्जुरी समयमा गोल गरे ।

त्यसअघि पहिलो हाफमा मेसीका साथी लुइस स्वारेजले पेनाल्टी गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

जितसँगै इन्टर मायामी कनकाफ कपको क्वाटर फाइनल प्रवेश गरेको छ । अघिल्लो लेखमा मायामीले काभलियरलाई २–० गोलले नै जितेको थियो ।

समग्रमा मायामीले ४–० गोलको जित निकाल्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर