• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

तिब्र प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई हराउँदै इन्टर फाइनल प्रवेश

एजेन्सी । च्याम्पियन्स लिगकाे सेमिफाइनलकाे दाेस्राे लेगमा बार्सिलाेना पराजित भएकाे छ । गएराति इन्टर मिलानकाे घरेलु मैदानमा भएकाे निर्णायक सेमिफाइनलमा तिब्र प्रतिस्पर्धा भएकाे थियाे । तर अन्ततः परिणाम इन्टरकाे पक्षमा पुग्याे ।

बार्सिलोनामाथि नाटकीय जित हात पार्दै इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।  

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४–३ ले पराजित गर्दै इन्टर मिलान उपाधि नजिक पुगेको हो। 

बार्सिलोनाका लागि डानी आल्मो, राफिना र एरिक गार्सियाले एक एक गोल गरे । इन्टरका लागि अर्जेन्टाइन स्टार लाउटारो मार्टिनेजले गोलको खाता खोले भने चाल्हागु, सेब्री र फ्राटेसीले एक एक गोल गरे । 

खेलमा इन्टरले पहिलाे हाफमा २–० गाेलकाे अग्रता लिएकाे थियाे । दाेस्राे हाफमा बार्सिलाेनाले राेचक कमब्याक गर्दै २–२ गाेलकाे बराबरी गरेकाे थियाे । खेलकाे ८७ मिनेटमा बार्साले गाेल गर्दै अग्रता बनाएकाे थियाे । तर निर्धारित ९० मिनेट सकिनै लाग्दा थपिएकाे इन्जुरी समयमा इन्टरले नाटकीय गाेल फर्कायाे । त्यसपछि खेल अतिरिक्त ३० मिनेटमा धेकेलियाे ।
थपिएकाे समयमा इन्टरले थप एक गाेल गर्न सफल भयाे । 

अघिल्लाे लेगमा बार्सिलाेनाले घरेलु मैदान र दर्शककाे साथमा ३–३ गाेलकाे बराबरी खेलेकाे थियाे । समग्रमा ७–६ गाेलकाे नतिजासँगै इन्टर फाइनल प्रवेश गरेकाे हाे ।

इन्टरले उपाधिका लागि भरे राति हुने पिएसजी र आर्सनलबीचको अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

पिएसजी र आर्सनल भरे राति पौने एक बजे सेमिफाइनलको दोस्रो लेगमा भिड्दैछन् । पहिलो लेगमा आर्सनललाई १–०ले हराउँदै पिएसजीले अग्रता बनाएको छ । 

सन् १९६४ र १९६५ मा युरोपिय कप जितेको इन्टरले सन् २०१० मा च्यामिपयन्स लिग जितेको थियो। त्यसयता इटालियन टोलीले कुनै प्रतियोगिता जित्न सकेको छैन।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर