• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

च्याम्पियन्स लिग जित्न रियल गएका एम्बाप्पे हेरेको हेर्यै, पिएसजी पुग्यो फाइनल

काठमाडौं । हाल विश्वभरका राम्रा फुटबलर मध्येमा पर्दछन् फ्रान्सेली स्टार केलियन एम्बाप्पे ।

लामो समय उनले पेरिस सेन्ट जर्मनबाट क्लब फुटबल खेले तर त्यसको खासै चर्चा भएन र उनी बालोन डि आर लगायतका व्यक्तिगत उपाधिमा पनि अब्बल देखिन सकेनन् ।

त्यसका लागि च्यम्पियन्स लिग जित्नुपर्ने लगायतका चर्चाकाबीच उनी स्पेनिल ला लिगा खेल्न रियल मड्रिड गए । 

तर संयोग यस्तो बन्यो कि उनी जोडिएको रियल मड्रिड यसपालीको च्याम्पियन्स लिगबाट बाहिरिसक्यो भने उनले छोडेरको पिएसजी भने उपाधिका लागि फाइनलमा पुगेको छ । 

गएराति सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २-१ गोलले पराजित गर्दै पिएसजीले फाइनलमा स्थान सुरक्षित गरेको हो।

पार्क देस प्रिन्सेसमा फ्याबियन रूइजले २७ मिनेटमा गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाए। ७२ मिनेटमा हाकिमीले अग्रता दोब्बर पारे। ७६ मिनेटमा बुकायो साकाले एक गोल फर्काएका थिए।

सेमिफाइनलको पहिलो लेगमा पिएसजीले आर्सनललाई  १-० गोलले पराजित गरेको थियो। गएरातिको जितसँगै पिएसजी समग्रमा ३-१ गोलको नतिजा निकाल्दै फाइनलमा पुगेको हो।

अब उसले उपाधिका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। इन्टर बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर