ट्रम्प पदभारपछी आप्रवासी र गैर आप्रवासी भिसा पाउने नेपालीको संख्यामा उच्च रेकर्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको पहिलो महिना जनवरी २०२५ मा (आर्थिक वर्ष २०२५ को लागि) नेपालबाट ३२५५ जना नेपालीले गैर आप्रवासी भिसा प्राप्त गरेका छन्। त्यसैगरी, ७७८ जना नेपालीले आप्रवासी भिसा अर्थात् ग्रिनकार्ड प्राप्त गरेका छन्।
चालु आर्थिक वर्ष २०२५ को पहिलो ४ महिनामा (अक्टोबर २०२४ देखि जनवरी २०२५ सम्म) कुल १२,८०३ जना नेपालीले अमेरिकाको भिसा प्राप्त गरेका छन्, जसमध्ये १०,१८४ जना गैर आप्रवासी भिसा र २,६१९ जना आप्रवासी भिसा पाएका छन्। अक्टोबरमा ६६९, नोभेम्बरमा ४७६, डिसेम्बरमा ६९६ र जनवरीमा ७७८ जना नेपालीले आप्रवासी भिसा पाएका छन्।
आप्रवासी भिसा प्राप्त गर्नेहरूले नेपालमै बस्दा वा अमेरिकाबाहिर रहँदा नै ग्रिनकार्डका लागि आवेदन स्वीकृत गराएका हुन्। उनीहरूले अमेरिका पुगेपछि सामान्यतया एक महिनाभित्र दिएको ठेगानामा ग्रिनकार्ड प्राप्त गर्न सक्छन्। यदि डीएस २६० फारम भर्दा सोसल सेक्युरिटी नम्बरका लागि स्वीकृति दिएको भएमा सोसल सेक्युरिटी नम्बर पनि स्वतः प्राप्त गर्छन्।
आर्थिक वर्ष २०२५ को पहिलो ३ महिनामा ९अक्टोबर, नोभेम्बर, डिसेम्बर० १८४१ जना नेपालीले आप्रवासी भिसा प्राप्त गरेका थिए र ६ हजार ९ सय २९ जना नेपालीले गैर आप्रवासी भिसा पाएका थिए। विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार अक्टोबरमा २७२२, नोभेम्बरमा २०८९, डिसेम्बरमा २११८ र जनवरीमा ३२५५ जना नेपालीले गैर आप्रवासी भिसा पाएका थिए।
जनवरीमा अमेरिकाको आप्रवासी भिसा पाउने नेपालीको विवरण
यो अवधिमा सबैभन्दा धेरै भिजिटर भिसा प्राप्त गर्ने नेपालीको संख्या ६,६४९ रहेको छ, जसमध्ये अक्टोबरमा १६७२, नोभेम्बरमा १६३६, डिसेम्बरमा ११९१ र जनवरीमा २१५० जनाले बी वान बी टु भिसा पाएका छन्।
आप्रवासी भिसा प्राप्त गर्ने ७७८ नेपालीहरूलाई विभिन्न भिसा कक्षाहरूमा वर्गीकरण गरिएको छ। जनवरी २०२५ मा सबैभन्दा धेरै ४९३ जनाले डाइभर्सिटी भिसा ९डीभी० मार्फत ग्रिनकार्ड पाएका छन्। समग्रमा, आर्थिक वर्ष २०२५ को पहिलो ४ महिनामा २,६१९ नेपालीले आप्रवासी भिसा पाएका छन्, जसमा परिवारमा आधारित, रोजगारमा आधारित र डाइभर्सिटी श्रेणीका भिसाहरू समावेश छन्।
यी ४ महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या ७१० रहेको छ। अक्टोबरमा १४, नोभेम्बरमा ६, डिसेम्बरमा १९७ र जनवरीमा ४९३ जनाले डाइभर्सिटी भिसा पाएका थिए। अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोको भिसा बुलेटिन अनुसार अक्टोबर, नोभेम्बर र डिसेम्बरमा २,९५० सम्मको केस नम्बर भएका नेपालीहरू डाइभर्सिटी भिसा प्रक्रियाका लागि योग्य थिए। जनवरीमा ३,५०० सम्म केस नम्बर भएकाहरू योग्य रहेका थिए।
चालु आर्थिक वर्षका लागि ३८६१ जना नेपाली डाइभर्सिटी भिसा लटरीमा छनौट भएका छन्, जुन एसियामा तेस्रो स्थान हो। पहिलो स्थानमा इरान (५२६७ जना) र दोस्रो स्थानमा अफगानिस्तान (४००९ जना) छन्। आर्थिक वर्ष २०२४ मा ३८३६ विजेतामध्ये ३४३१ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए, जसमा प्राथमिक विजेता र उनीहरूका परिवारका सदस्यहरू समावेश छन्।
प्रतिकृया दिनुहोस