म अध्यक्ष भएपछि पीएन क्याम्पस पूर्णरूपमा डिजिटल बनाउँछु- अधिकारी

पोखरा। पृथ्वीनारायण क्याम्पसका अखिल( क्रान्तिकारी )  स्ववियु अध्यक्षका उम्मेदवार नविन अधिकारीले आफुले जितेमा क्याम्पसलाई पुर्ण रुपमा डिजिटलाइजेसन गर्ने वताएका छन्। अधिकारीले विद्यार्थीलाई चुस्त , दुरुस्त सेवाका लागि  पुर्ण डिजिटल प्रशासन सेवा प्रदान गरिने वताए।

अखिल( क्रान्तिकारी) पिएन क्याम्पसका अध्यक्ष समेत रहेका अधिकारीले आफ्नो उम्मेदवारी आधुनिक र प्रविधिमैत्री क्याम्पस निर्माणका लागि भएको वताए। उनले भने-' भ्रष्ट्रचारमुक्त र सुशासनयुक्त क्याम्पस निर्माणमा हामीले जोड दिएका छौं।हाम्रा २९ सुत्रीय एजेण्डा नै हाम्रो जित्ने आधार हुन्।' 

अधिकारी नेतृत्वको क्रान्तिकारी प्यानलमा सचिव पदमा मिराज थापामगर र कोषाध्यक्ष पदमा सृजना शर्माले उम्मेदवारी दिएकी छिन्। त्यसैगरी क्रान्तिकारीवाट शुभ पंगेनी, कविता घर्तीमगर, दिनेस थापामगर, सन्देश पौडेल, धर्मराज कुर्मी, प्रशिद्ध ढुङ्गाना, आनन्द कुमार ठाकुर र समीक्षा आचार्यले प्रत्यक्षतर्फको  सदस्यमा उम्मेदवारी दिएका छन्।

आगामी चैत्र ५ गते हुने निर्वाचनका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल र नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मानवराज बराल नेतृत्वको प्यानल दर्ता भएको छ। पृथ्वीनारायण क्याम्पस त्रिभुवन विश्वविद्यालयको सवैभन्दा धेरै विद्यार्थी भएको क्याम्पस हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर