• २०८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025

ला लिगाः एमबाप्पेको २ गोल, रियलको जित

एजेन्सी । फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिवार भिल्ला रियललाई २-१ ले पराजित गरेको छ ।

भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे । भिल्लाका लागि जुआन फोयथले गोल गरे ।

खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२३ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए। जितसँगै रियल २८ खेलमा ६० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

२ खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ । भिल्ला भने २७ खेलमा ४४ अंकका साथ पाँचौ स्थानमा छ ।

ला लिगामा शनिवार अन्य खेलमा रियल मार्लोकाले इस्पानुयोललाई २-१ र सेल्टा भिगोले रियल भालाडोलिडलाई १-० ले हरायो ।

जिरोना र भ्यालेन्सियाले १-१ तथा लस पालमस र अल्भेसले २-२ को बराबरी खेले ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर