राजावादीहरूलाइ एउटै मोर्चामा समेट्ने सुवेदी काे हुन् ?

काठमाडाैं । राजावादी दलहरूले राजा फर्काउने अभिायनकाे नेतृत्व गर्न नसकेपछि पूर्वपञ्चले नेतृत्व सम्हाल्ने भएका छन् । राजावादी दलहरु पूर्वराजा ज्ञानेन्द्र शाहले आह्वान गरेअनुसार राजसंस्था पुनर्स्थापनाको आन्दोलनका लागि राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीका लागि तयार भएका हुन् । ८६ वर्षीय उनले राजावादी आन्दोलनको मोर्चा सम्हाल्नेछन् । 

सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवलशमशेर राणा, पूर्वमन्त्री केशरबहादुर विष्ट, राजावादी अभियानका दुर्गा प्रसाईंलगायतसँग परामर्श गरिसकेका छन् । ०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले पूर्वराजा शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको नेताहरूको भनाइ छ ।

राप्रपा र राप्रपा नेपालका नेताहरूले पूर्वराजाको छनोटमा सार्वजनिक रूपमा आलोचना नगरे पनि सुवेदीको नेतृत्वमा आन्दोलन निष्कर्षमा पुग्न नसकिने उनीहरूको आन्तरिक निष्कर्ष छ । यसबारेमा राप्रपाको आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुनेछ । 

तर कतिपय नेताहरूले सुवेदीले अभियानकाे नेतृत्व गर्न नसक्ने उनी बुढाे भइसकेकाे तर्क गरेका छन् । 

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी दस मिनेटको भिडियो सन्देशमा देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । उनीहरू २५ फागुनमा पूर्वराजा शाहको काठमाडौंमा स्वागतमा उत्रेको ठुलो जनसमूह देखेर हौसिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर