• २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025

संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षता विरोधि किन एकैपटक सल्बलाए ?

काठमाडौं । नेपालमा चैत, वैशाखको समयलाई आन्दोलनको समयका रुपमा समेत लिइन्छ । नेपाली राजनीतिक इतिहास हेर्ने हो भने हरेक १०–१२ वर्षमा ठूला राजनीतिक परिवर्तन भएका छन् ।

यही विगतलाई आधार मानेर कतिपयले अब नेपालमा राजतन्त्र फर्कने, संघीयता फालिने जस्ता चर्चा चल्न थालेका छन् । तर गणतन्त्रवादीहरुको तर्क हेर्ने हो भने इतिहास पछि फर्कने अहिले कुनै सम्भावना छैन ।

विपक्षी दलको आरोप हेर्ने हो भने सरकारको अकर्मण्यताका कारण अहिले प्रतिगमनकारीहरुले टाउको उठाउन खोजेका हुन् । 

त्यसो भनिएपछि यतिबेला राजतन्त्र फर्काउन खोज्नेहरु र संघीयता विरोधीहरुका स साना मोर्चाबन्दी र सडक प्रदर्शन भने सुरु भएका छन् । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा ‘संघीयताविरुद्ध राष्ट्रिय अभियान’ पुनर्गठन भएको छ।

शनिबार सम्पन्न एक भेलाले केसीलाई संयोजकमा चयन गर्दै अभियान पुनर्गठन भएको हो।

४९ सदस्यीय उक्त समितिको सदस्यमा रश्मिराज नेपाली, जनकराज शर्मा, मनोज भट्ट, दुर्गा पौडेल, हिमलाल पुरी, आनन्द शर्मा, दीपक ज्ञवाली, रत्नसंसार श्रेष्ठ, घनश्याम न्यौपाने, हरि आचार्य, अमर थापा, तारा थापा, राजेश विश्वकर्मा, समीर सिंह, रामप्रकाश पुरी, डा विश्वमोहन आचार्य, बद्रे आलम, कृष्णप्रसाद भट्टराई, प्राडा श्रीधर गौतम, साध्यबहादुर भण्डारी, बुद्धिनारायण श्रेष्ठ, मीना पुन, भैरवराज रेग्मी, प्राडा प्रेम शर्मा, कृष्ण अधिकारी र राजेन्द्र ढुङ्गाना रहेका छन्।

समितिको अन्य सदस्यमा देवप्रकाश त्रिपाठी, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, परशु घिमिरे, डा. गोपाल खत्री, प्रभु यादव, छत्रबहादुर खत्री, शैलेन्द्र पिया, अरुणकुमार सुवेदी, गोपाल शिवाकोटी ‘चिन्तन’, रतन भण्डारी, फणिन्द्र नेपाल, निमबहादुर बुढाथोकी, अधिवक्ता पदम रोका, प्राडा गोपाल पोखरेल ‘विवश’, प्रभु राय रादव, कुन्ती पोख्रेल, डा. राजन पोखरेल, रहुफ अहमद खान, डा. जगदीशचन्द्र भण्डारी, मदन जोशी र मनोहर तिवारी रहेका छन्।

राजमो अध्यक्ष केसीको अध्यक्षता तथा महासचिव भट्टको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा डा. गान्धी पण्डित, अरुणकुमार सुवेदी, लालबाबु यादव, बलभद्र भारती, डा. राजाराम सुवेदी, कुमार उपाध्याय र डा. विश्वमोहन आचार्यले मन्तव्य राखेका थिए।

यसअघि अन्तरिम संविधानमा ‘संघीयता’ समावेश गर्नासाथ जनमोर्चाको आह्वानमा ‘संघीयताविरुद्ध राष्ट्रिय अभियान’ गठन भएको थियो। सो अभियानले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

अभियानमा विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्ति, बुद्धिजीवि तथा स्वतन्त्र नागरिक सामेल छन्।

राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि एक हप्तासम्म काठमाडौँमा संघीयताविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको छ।
उता राजावादीहरूकाे सक्रियता पनि बढिरहेकाे छ । राजावादी दलहरूले राजा फर्काउने अभिायनकाे नेतृत्व गर्न नसकेपछि पूर्वपञ्चले नेतृत्व सम्हाल्ने भएका छन् । 

राजावादी दलहरु पूर्वराजा ज्ञानेन्द्र शाहले आह्वान गरेअनुसार राजसंस्था पुनर्स्थापनाको आन्दोलनका लागि राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीका लागि तयार भएका हुन् । ८६ वर्षीय उनले राजावादी आन्दोलनको मोर्चा सम्हाल्नेछन् ।  

सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवलशमशेर राणा, पूर्वमन्त्री केशरबहादुर विष्ट, राजावादी अभियानका दुर्गा प्रसाईंलगायतसँग परामर्श गरिसकेका छन् । 

०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले पूर्वराजा शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको नेताहरूको भनाइ छ । राप्रपा र राप्रपा नेपालका नेताहरूले पूर्वराजाको छनोटमा सार्वजनिक रूपमा आलोचना नगरे पनि सुवेदीको नेतृत्वमा आन्दोलन निष्कर्षमा पुग्न नसकिने उनीहरूको आन्तरिक निष्कर्ष छ । 

यसबारेमा राप्रपाको आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुनेछ ।  तर कतिपय नेताहरूले सुवेदीले अभियानकाे नेतृत्व गर्न नसक्ने उनी बुढाे भइसकेकाे तर्क गरेका छन् ।  

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी दस मिनेटको भिडियो सन्देशमा देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । उनीहरू २५ फागुनमा पूर्वराजा शाहको काठमाडौंमा स्वागतमा उत्रेको ठुलो जनसमूह देखेर हौसिएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर