‘डेमोक्रेसी इज अ हाइवे’, यसमा ‘ब्याक गेयर’ लगाइँदैन: प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताए।
आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले योजनाहिन धैयर्ता र सक्रियता नभइ योजनाबद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताएका हुन्।
उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे। उनले सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको बताए।
‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन,योजनाबद्ध सक्रियतामा अघि बढ्छौँ। निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता, योजनाबद्धता, सक्रियता र धैयर्ताका साथ अघि बढ्छौँ। जबसम्म परिस्थिति ठिक बनाउन सकिँदैन, धैयर्तापूर्वक हामी सक्रिय ढंगले, योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ लाग्नुपर्दछ,' उनले भने,'हामी सबै एक ठाउँ छौँ, एक ठाउँ भएर लाग्नुपर्दछ। समाजका सम्पूर्ण सेक्सनहरु सबैलाई उठाउन सक्नुपर्दछ। सही र गलत छुट्याएर अघि बढ्नुपर्छ। डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन। डेमोक्रेसी इज अ हाइ वे। यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ।’
“रथको एउटा पाङ्ग्रो मात्रै चलेर गाडी गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो, तर हामी यसमा मात्रै सन्तुष्ट मानेर बस्नु हुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।”
सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको स्पष्ट गरे ।
प्रतिकृया दिनुहोस