काँग्रेस निकट चिकित्सक र नेताहरुको नेतृत्वबिहिन बनाए गेटा अस्पताल

धनगढी । कैलालीस्थित गेटा अस्पताल गत माघ ६ गतेपछि नेतृत्वबिहिन छ । कांग्रेसकै नेता प्रदीप पाैडेलले नेतृत्व गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कार्तिक अन्तिम साता गेटा अस्पतालको निर्देशकको जिम्मेवारी डा. अशोक श्रीपाईलीलाई दिएको थियो ।
डा. श्रीपाईलीले आफु गेटा अस्पतालको निर्देशकको जिम्मेवारी हेरफेर गर्न भन्दै मन्त्रालयमा निवेदन दिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. श्रीपाईलीको दरबन्दी नै रहेको भेरी अस्पतालमै फिर्ता पठाएको छ ।
२०७९ असारमा गेटा अस्पतालको निर्देशकमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको थियो । उनी काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक निकट हुन् । डा. जोशी गेटामा निर्देशक हुदाँ अस्थायी दरबन्दी स्वीकृत बाहेक अन्य काम हुन सकेन । डा. प्रमोद जोशी हाल स्वास्थ्य अनुसन्धान परीषदको सदस्य सचिव भएर गेटा अस्पतालबाट फिर्ता भए । गेटा अस्पतालमा रहँदा आर्थिक बर्षको अन्त्य तिर अगाडी बढाएको खरीद समेत रद्ध गरेका थिए ।
त्यसपछि गेटा अस्पतालको निमित्त निर्देशक भए डा. बिप्लब सापकोटा। उनले कर्मचारी भर्नादेखि स्वास्थ्य उपकरण खरीद प्रक्रिया अगाडी बढाए । करीब ७२ करोड बराबरका स्वास्थ्य सामाग्री खरिद गरी अस्पताल पुर्ण रुपमा संचालनमा रहेको अस्पताल अहिले नेतृत्व बिहिन बनाईएको छ ।
उक्त कुरा नेपाली काँग्रेस निकट रहेका तथा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा प्रदिप मिश्रलाई उक्त कुरा चित्त नुबुझी उनले गेटा अस्पतालको निर्देशकमा डा. श्रीपाईलीलाई नियुक्त गर्न सिफारीस गरे । उनको सिफारीसमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा र कैलालीबाटै चुवाव लड्ने उद्घोष गरेकी परराष्ट्रमन्त्री आरजु देउवाले अस्पतालको नेतृत्व परीवर्तन गर्न लगाईएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नेतृत्व बिहिन हुदाँ अस्पतालमा कार्यरत कर्मचारीहरुले बिगत २ महिना देखि तलब पाएका छैनन् । स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललेसमेत एक्लै निर्णय गर्न नसक्ने अबस्था रहेको बताईएको छ ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पत्नी परराष्ट्रमन्त्री आरजु देउवा भतिजा प्रकाश देउवा, चिकित्सक प्रदीप मिश्रले आफु अनुकुल मान्छे ल्याउन हरसम्भव प्रयास गरीरहेका छन् । डा. मिश्र निजि अस्पताल संचालक र सेति अस्पतालमा बिकास समितिबाट कार्यरत चिकित्सक पनि हुन् । तर कोहि चिकित्सक पनि गेटा अस्पतालमा आउन तयार देखिएका छैनन् ।
गेटा अस्पताल पुर्ण रुपमा संचालनको तयारी अबस्थामा रहेको छ । ईमरजेन्सी, ईन्डोर बेड, अप्रेशन थ्रिएटर, अक्सिजन प्लान्ट, भेन्टिलेटर आईसियु लगायत सबै तयारी अबस्थामा छन् ।
प्रतिकृया दिनुहोस