आफ्नो बिरोधमा फोटो जलाउनेलाई गिरफ्तार गर्नु गलत– प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बिरोधमा फोटो जनाउने राप्रपाका युवा नेतालाई सरकारले पक्राउ गर्नु जरुरी नभएको बताएका छन् । सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया जनाउँदै उनले आफ्नो फोटो जलाउनुलाई लोकतन्त्रमा बिरोध नर्गे अधिकारका रुपमा अर्थ लगाएका छन् ।
उनले भनेका छन्, 'लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन।'
शनिबार हेटौँडामा आयोजित कार्यक्रममा पताँलाका उनले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डकाे तस्बिरमा आगो लगाउँदै गणतन्त्रविरोधी नारा पनि लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। कार्यक्रममा सहभागीलाई पनि प्रचण्डविरुद्ध नारा लगाउन उनले उक्साएका थिए ।
जसका कारण 'प्रचण्ड'को तस्बिर जलाउनेलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हाे।
प्रचण्डको तस्बिर जलाउने राप्रपाका नेता निराजन बमलाई चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले चितवनबाट पक्राउ गरेको गृहमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।
शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्डको तस्बिर जलाइएको थियो। पक्राउ परेका बम राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता हुन्।
कार्यक्रममा ती युवाले प्रचण्डविरुद्ध नारा लगाउँदै, गणतन्त्रविरुद्ध नारा लगाउँदै तस्बिर जलाएका थिए।
प्रतिकृया दिनुहोस