रोचक कमब्याक गरेको बार्साले एथ्लेटिको मड्रिडलाई हान्यो ४ गोल

काठमाडौं । स्पेनिल लिग रोचक चरणमा छ यतिबेला रियल मड्रिड, बर्सिलोना र एथ्लेटिको बड्रिडबीच शीर्ष होडमा केही अंकको मात्रै होडवाजी छ ।
त्यहि होडबाजीमा शीर्षमा पुग्न गएराति बार्सिलोनाले एथ्लेटिको मड्रिडको घरेलु मैदानमा उसको सामना गरेको थियो ।
सुरुमा खेल ठिकठाक पनि थियो । तर अन्तिममा एथलेटिको मड्रिडलाई ४–२ गोलले हराउँदै बार्सिलोना शीर्ष स्थानमा फर्कियाे ।
एथ्लेटिकोका लागि पहिलो हाफको अन्तिम ४५ मिनेटमा अर्जेन्टाईन स्टार जुलिएन अल्भारेजले गोल गरेर अग्रता बनाएका थिए । खेलको ७०औँ मिनेटमा अलेक्ज्यान्डर सोर्लोथको गोलमा एथलेटिको २–० ले अघि भएको थियो।
फेरान टोरेस र लामिन यामालले गरेको गोलले बार्सिलोनालाई शीर्ष स्थानमा फर्काएको हो।
खेलमा २–० ले पछि परेको स्थिति उल्टाउँदै बार्साले जित दर्ता गरेको हो।
तर त्यसको २ मिनेटपछि नै रोबर्टो लेवानडोस्कीको गोलमा बार्सिलोनाले खेलमा फर्कने संकेत गरेको थियो।
खेलको ७८औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक स्थितिमा पुग्यो।
इन्ज्युरी समयको दोस्रो मिनेटमा लामिन यामाले गोल गर्दै बार्सिलोनालाई ३–२ को अवस्थामा ल्याए। आठौँ मिनेटमा फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–२ को नाटकीय जित दिलाउन सफल भए।
गएराति भएको अन्य खेलमा रियल बेटीसले लेगानेसलाई ३–२ ले तथा गेटाफेले ओसासुनालाई २–१ ले हराए।
अर्को खेलमा एथलेटिको क्लबले सेभिल्लाविरुद्ध १–० को जित दर्ता गर्दा रियल सोसिडाड र रायो भालेकानोले २–२ को बराबरी गर्दै अंक बाँडे।
प्रतिकृया दिनुहोस