१२ औं शताब्दीको बुद्धमूर्ति आज नेपाल पठाइयो, तस्कर को हो ?

इन्स्टीच्युट अफ शिकागोले नेपाल सरकारसँगको साझेदारीमा बुद्धलाई सर्प राजा मुचलिन्दले आश्रय दिएको १२ औं शताब्दीको महत्वपूर्ण मूर्ति नेपाललाई फिर्ता गरेकोमा आज उक्त मूर्ति नेपाल पठाइएको छ । नेवा गुठी न्युयोर्कका कोषाध्यक्ष प्रेम महर्जनले उक्त मूर्ति आज विहानको उडानमार्फत आफ्नै व्यक्तिगत खर्चमा नेपाल लैजादै छन् ।
आफ्नै टोलको मूर्ति नेपालमा फिर्ता लैजान पाउँदा निकै हर्षित भएको महर्जनले बताए । विगतमा पनि आफूले नेपालबाट चोरिएका मूर्तिहरु नेपाल फिर्ता गर्ने क्रममा ढुवानीका लागि सहयोग गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने महर्जनले बताए ।
गत हप्ता इन्स्टीच्युट अफ शिकागोले १२ औ शताब्दकीको षे महत्वपूर्ण मूर्ति वासिंटन डिसीमा रहेको नेपाली दूतावासलाई फिर्ता गरेको थियो । उक्त मूर्ति डीसीमा रहेको नेपालको दूतावासले न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासलाई नेपाल ढुवानीका लागि हस्तान्तरण गरेको थियो भने महावाणिज्यदूतावासलासले नेपाल पठाउनका लागि प्रेम महर्जनलाई हस्तान्तरण गरेको थियो ।
इन्स्टीच्युटले आफ्नो संग्रहको उत्पत्तिको अनुसन्धान गर्ने निरन्तर प्रयासको एक हिस्साको रूपमा मूर्तिको इतिहासको बारेमा नयाँ विवरणहरू पत्ता लगाएपछि ती विवरणहरू वाशिङ्टन, डीसीमा रहेको नेपालको दूतावासलाई जानकारी दिएको थियो । संयुक्त छलफलपछि यो मूर्ति काठमाडौं उपत्यकाको गुइटा बहीबाट चोरी भएको निकर्ष निकालिएको थियो । र यसलाई नेपालमा फिर्ता गर्ने निर्णय गरिएको थियो ।
यो १२ औं शताब्दीको नेपाली मूर्ति ईश्वरीय संरक्षणको कथासँग जोडिएको छ । सर्प राजा मुचलिन्दले बुद्धलाई आँधीबाट जोगाएपछि बुद्धले आफ्नो ध्यान जारी राखेको कथा रहेको छ । यो मूर्ति सन् १९९७ देखि संग्रहालयमा प्रदर्शनमा थियो र प्रमुख प्रदर्शनीहरूमा समावेश गरिएको थियो । नेपालको दूतावासका कार्यवाहक राजदूत शरद राज आरनले यो पवित्र मूर्तिले नेपालको धार्मिक र सांस्कृतिक पहिचानलाई परिभाषित गर्ने कथाहरू, परम्पराहरू, र मूल्यहरूलाई बोकेको बताएका थिए ।
यस अगाडि न्युयोर्कको म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी अल्भिन एल ब्राग जुनियरले नेपाललाई ३ मिलियन डलरभन्दा बढी मूल्यका २० वटा पुरातात्विक सम्पदा फिर्ता गरेकोमा ती सम्पदाहरु पनि नेवा गुठी न्युयोर्ककै सहयोगमा नेपाल ढुवानी गरिएको थियो । ती सम्पदाहरु नेवा गुठी न्युयोर्कका अध्यक्ष विजयमान सिंह आफैले नेपाल लगेर छाडेका थिए ।
प्रतिकृया दिनुहोस