• २०८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025

सरकार फेरिने चर्चाः कांग्रेसले पनि बोलायो पदाधिकारी बैठक

काठमाडौं । राजनीतिक बृत्तामा सरकार फेरिने चर्चा चलिरहेका बेला  सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। 

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्।  

'समसामियक राजनीतिक घटनाक्रम, पार्टीका संगठनहरूको कामकारबाहीबारे छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको हो,' कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने।

सरकारकामाथि प्रसस्त प्रश्न उठेकाे, राजावादी तथा संघीयता विराेधीहरू सल्वलाएकाे, अर्थतन्त्र कमजाेर बनेकाे तथा नयाँ सत्ता समिकरका बारे चर्चा चलिरहेका बेला कांग्रेसकाे बैठक बस्न लागेकाे हाे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर