हामी जनतातिर फर्केका छौं, ‘सरकारमा जाने कुरा हल्ला र भ्रम हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने बारेमा यो पटक आफूहरु नरहेको बताएका छन् । आफूहरु अहिले जनतातिर फर्केको बताउँदै उनले देशलाई आर्थिक संकटबाट बचाउने प्रयास गर्दागर्दै सरकार ढालिएको स्मरण गरे ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले यो सरकारसँग मिलन बिन्दु नरहेको बताएका उनले यसबारेको हल्ला भ्रम मात्रै भएको उनको स्पष्टीकरण थियो ।
अहिले गणतन्त्रमा आत्मसमिक्षा गर्नुपर्ने र गरिरहेको बताएका उनले देशमा गणतन्त्रपछि सूचकहरुमा चौतर्फी विकास र सुधार भएको उनले तर्क अघि सारे ।
प्रतिक्रियावादीहरुले जनताको नाममा केही मानिसहरुलाई उचाल्ने काम गरेको बताएका उनले प्राप्त उपलव्धी जोगाउने कामपनि गणतन्त्र पक्षधरकै हुने उनको भनाई छ ।
तथाकथित राजावादीहरुले भनेजस्तो देशको अवस्था नरहेको र गणतन्त्रमा जनताले पाएको अधिकारबारे जनतालाई बुझाउन नसकिएको उनले बताए ।
संविधानकाे व्यापक समिक्षा गरेर जनतालाइ अझ अधिकार दिने र सुदृढ गर्नका लागि मात्रै संविधान संशाेधन हुन सक्ने उनकाे धारणाा छ ।
नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत मान्ने निर्णय आफैंले गराएको र सरकारी कामकाजमा समेत नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषा बनाएको उनले बताए ।
माओवादी र अन्य दल उस्तै नभएको र सबैप्रति नेगेटिभ भाषा बनाउन नहुने उनको तर्क थियो ।
प्रतिकृया दिनुहोस