• २०८१ चैत १३ बुधबार
  • Wednesday, 26 March, 2025

सहिदका सपनाहरू: बुबाको अधूरो विरासत

प्रविन गुरुङ

रातको कालो छायाँमा लुकेको इतिहास, अँध्यारोबाट उज्यालोतर्फ अघि बढेको ती विद्रोही पाइला, अनि स्वर्णिम भविष्यको खोजीमा बगेका असंख्य सहिदका रगत— ती मध्ये एक मेरो बुवा पनि हुनुहुन्थ्यो देवी बहादुर गुरुङ(क.उर्गेन) । उहाँले आफ्नो जीवन गणतन्त्रको सपना साकार पार्न समर्पित गर्नुभयो । उहाँको चित्कारमा अन्यायको विरोध थियो, उहाँको संघर्षमा समानताको चाहना थियो, अनि उहाँको बलिदानमा सम्पूर्ण उत्पीडित जनताको अधिकारको गहिरो संवेदना थियो ।

जनयुद्धको ज्वालाले निस्तेज पार्दै लगेको निरङ्कुश राजतन्त्रको पर्खाल भत्काउने ती कदमहरूमा मेरा बुवाका पाइला पनि थिए । आदिवासी, जनजाति, दलित, उत्पीडित, श्रमिक, गरिब किसान सबैका आवाज बुलन्द बनाउने अभियानमा उहाँको प्रतिबद्धता अटल थियो। उहाँले बन्दुक उठाउनु कुनै व्यक्तिगत स्वार्थ थिएन, त्यो त न्याय, समानता, र परिवर्तनको खोजी थियो । त्यो आन्दोलन केवल राजनीतिक शासन परिवर्तनका लागि थिएनस यो त शोषण, दमन र विभेदको अन्त्य गर्नको निम्ति थियो ।

आज बुवाले साथ छोडेर जानू भएकोनी १९ बर्ष भइसक्यो ।बुवाको निधनसँगै हाम्रो जीवनमा कहिल्यै नभरिने शून्यता छायो । त्यही शून्यता, जुन प्रत्येक साससँग गहिरो भयो । बाल्यकालमै बुवा गुमाउँदा मलाई लागेको पीडा शब्दमा भन्नु कत्तिको गाह्रो छ, त्यो म मात्रै जान्छु । जब संसारले हाँस्ने आँखा, भविष्यका सपनाहरू सँगै मेरो बुवालाई चुपचाप लियो, तब मैले आफूलाई अज्ञात अन्धकारमा हराएको महसुस गरें ।

घरका दराजहरूमा केवल बुबाको सम्झना बाँकी रह्यो, र चुलोको आगोभन्दा धेरै तिनका सपनाका झिल्काहरू निभेर गए । जीवनको हर पल अभावको बादलमाथि उडिरहेको हुटहुटाहटमा ढाकिदै गयो । बालापनका माया र रमाइलो दिनहरूमा अब रुनै मात्र थियो । बुवा बिना जीवन कस्तो अस्थिर र अव्यवस्थित थियो१ बुवाले छोडेर गएको सपना मेरो काँधमा टासिएको थियो । त्यो सपना थियो शिक्षा, उज्ज्वल भविष्य र समाजमा एउटा राम्रो स्थान बनाउने ।

तर बुवा बिना त्यो सपना बाँच्न, त्यसलाई साकार पार्न मलाई अनगिन्ती चुनौतीहरू भोग्नु पर्‍यो । जीविकोपार्जनको संघर्ष र शिक्षा प्राप्तिको यात्रा एक कठिन युद्ध जस्तै थियो । मैले पाउनुपर्ने केही चीजहरू कहिल्यै पूरा भएनन्, तर ती हराएका कुरा पनि मनको कुण्ठा बन्न सकेनन् । मैले बुवाका आदर्श र उनले देखेको सपना बोक्दै जीवन जिउन थालें ।

बुवाको अभावले मलाई अभिभावकविहीन बनायो । कुनै शब्दले त्यो गहिरो पीडा बयान गर्न सक्दैन, जुन एक जवान छोराले महसुस गर्नुपर्छ । बुवा बिना हुर्किनु भनेको केवल शारीरिक रूपमा मात्र अस्तित्वमा रहनु होइन, उसले समाजको आँखामा पनि त्यसैको प्रतिध्वनि पाउने एक गहिरो पीडा हो । जब तपाईंको पिता एक सहिदको रुपमा शहीद भए, तपाईंको शोक र पीडा आफैंमा दुई गुणा हुन जान्छ ।

इतिहासका पानाहरू रक्ताम्य छन् । यो मुलुकको माटोमा टाकिएको हरेक रातो धर्सो सहिदहरूको बलिदानको कथा बोल्छ । परिवर्तनका हरेक विद्रोहमा हजारौँ सपुतहरूले आफ्नो रगत बगाएर भविष्यको उज्यालो कोरेका छन् । यो कथा केवल गणतन्त्र प्राप्तिको विजयगाथा मात्र होइन, यो त त्याग, सपना र अधुरा आकांक्षाहरूको बाँचिरहेको दस्तावेज हो । मेरा बुवा पनि त्यही सपना बोकेका सहिदहरूमध्येका एक महान योद्धा हुनुहुन्थ्यो  न्याय, समानता, र मुक्ति खोज्दै आफ्नो जीवन देशलाई समर्पण गर्ने एक सच्चा योद्धा ।

देश परिवर्तनको सपनासँगै हिँड्दा, मेरो बुबाले आफ्नै रगतले क्रान्तिको इतिहास कोर्नु भयो । उहाँका पाइला एउटा लक्ष्यतर्फ बढिरहेका थिए न्याय, समानता, र मुक्ति । तर, आज ती पाइला केवल सम्झनाका टुक्राहरू बनेका छन् । उहाँले दिएको बलिदानले निरङ्कुश राजतन्त्र र  एकात्मक राज्य व्यवस्थाको अन्त्य त गर्‍यो, तर के साँच्चै उहाँले देखेको सपना पूरा भयोरु

तर, गणतन्त्र आएपछि, ती सपनाहरूको मोल कति राखियोरु मेरो बुवाको ज्यान, उहाँ जस्ता हजारौँ सपुतहरूको बलिदानको सार्थकता के रह्योरु परिवर्तनका नाममा सत्ता फेरियो, शासकहरू बदलिए, तर शासकीय प्रवृत्ति उही रह्यो ।

आज, सहिदहरूको बलिदानलाई सम्झने दिवसहरू आउँछन्, भाषणहरू हुन्छन्, श्रद्धाञ्जलीका फूलहरू चढाइन्छन्, तर तिनका सपनाहरू कतै गुमनाम छन् । गणतन्त्रको प्राप्तिसँगै आम नागरिकको अवस्था साँच्चै सुध्रियो तरु किसान अझै आफ्नो जमिनको अभावमा छटपटाइरहेको छ, मजदुरहरू अझै न्यून ज्यालामा बाँच्न बाध्य छन्, दलित र उत्पीडितहरू अझै पनि समानताको खोजीमा छन्, हजारौं युवाहरु वेरोजगारी छन् ।

मेरो बुवाको रगतले भिजेको माटो मलाई बारम्बार सोध्छ, के हामीले लडेर ल्याएको संघीयता अनि गणतन्त्र यही होरुू

आज म जब नेतृत्वलाई हेर्छु, जब समाजको अवस्था नियाल्छु, तब मनमा एक गहिरो घाउ पोल्छ । सहिदहरूको बलिदान शब्दहरूमा मात्र सीमित हुँदै गएको छ । उनीहरूको रगतले कोरिएको बाटोमा स्वार्थका व्यापारीहरू हिँडिरहेका छन् । एकदिन जसले जनताको मुक्तिको लागिू भन्दै बन्दुक उठाए, आज उनीहरू आफ्ना सुविधाहरूको कवचभित्र लुकेर बसेका छन् । सहिदका सपनाहरू सम्झनामा मात्र सीमित भएका छन्, र ती सम्झनाहरू पनि वर्षमा एकदिन माल्यार्पणमा सकिन्छन् ।

मेरो बुबाको अनुपस्थितिले मलाई धेरै कुरा सिकायो । उहाँ हुनुहुन्न, तर उहाँका आदर्शहरू अझै मेरो मनमा जीवित छन् । म सधैं उहाँका सपना पूरा गर्ने सोच राख्छु, तर यो समाज, यो राजनीति, र यो समयले मलाई फेरि-फेरि प्रश्न गर्छ के ती सपना साकार हुनेछन्रु

कहिलेकाहीँ रातभरि सोचिरहन्छु, यदि बुबा आज हुनुहुन्थ्यो भने, उहाँले के भन्नुहुन्थ्योरु के उहाँ गर्व गर्नुहुन्थ्योरु कि यो अवस्था देखेर उहाँ निराश हुनुहुन्थ्योरु के यो त्यही देश हो, जुन बनाउन उहाँले आफ्नो जीवन अर्पण गर्नुभयोरु

म बुबाको सम्झनासँगै बाँचिरहेको छु । उहाँको अभाव मलाई चसक्क पोल्छ, तर त्योभन्दा ठूलो पीडा छ, उहाँका बलिदानलाई बिर्सिने यो समाज परिवर्तनका लागि रक्तरञ्जित इतिहास लेख्नेहरू आज नैतिकताबाट च्युत भइसकेका छन् । बुबाले देखेको समतामूलक समाज अझै कोसौं टाढा छ ।

तर, म आशावादी छु । सहिदका सपनाहरू मरिरहेका छैनन्, तिनीहरू केवल अलि थकित भएका छन् । ती सपना फेरि जाग्नेछन्, जब नयाँ पुस्ताले सही मार्ग रोज्नेछ । सहिदका नाममा गरिने खोक्रो सम्मानभन्दा सही विचार, सही व्यवहार, र सही परिवर्तन आवश्यक छ ।

म बुबाको सम्झनालाई केवल आँसुले होइन, क्रियाशील साहसले बाँच्न चाहन्छु । सहिदको बलिदान बिर्सने समाजले कहिल्यै प्रगति गर्न सक्दैन। त्यसैले म भन्छु, सहिदको सपना बिर्सनु हुँदैन, उनीहरूको रगतले कोरिएको इतिहासलाई हराउन दिइनु हुँदैन ।

हे बुबा, तिमी जहाँ भए पनि, म तिमीलाई सम्झिरहेछु, तिम्रा सपनालाई आत्मसात् गरिरहेछु । तिम्रो बलिदान केवल सम्झनामा सीमित हुने छैन, म त्यसलाई कर्ममा रूपान्तरण गर्नेछु ।

छोरा:- प्रविन गुरुङ
बेलकोटगढी नगरपालिका ४ नुवाकोट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर