• २०८१ चैत १९ मंगलबार
  • Tuesday, 1 April, 2025

पार्टीकाे नाम जनमत, अध्यक्ष सिके, चुनाव चिन्ह ढकिया, रञ्जिता मन्त्री

रेशम के ?

काठमाडौं । तराइ मधेश केन्द्रीत दुइ नयाँ दल एकीकरणकाे संघारमा पुगेका छन् । यी दुइ दलबीचकाे एकताकाे टुंगाे लगभग लागेकाे एक पदाधिकारीले समाचार दैनिकलाइ बताए । दुइ पार्टी एक भएपपछिकाे नाम जनमत नै राख्ने लगभग सहमति भएकाे छ । 

अध्यक्षा जनमतकै अध्यक्ष सिके राउत हुनेछन् भने नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले उपप्रधानसहितकाे बिलयाे मन्त्रालय माग गरेकी छन् । 

यी दुइ दलबीचकाे एकतापछि चुनाव चिन्ह भने नाउपाकाे ढकिया राख्ने सहमित बनिसकेकाे ती पदाधिकारीले बताए । 

थरूहट, थरूवान आन्दोलनपछि जन्मिएको नागरिक उन्मुक्ति पार्टी र पृथकतावादी संघर्ष त्यागेर मूल धारको राजनीतिमा आएको जनमत पार्टी एकीकरण गर्न लागेका हुन् ।

दुवै पार्टीले तीन–तीन सदस्यीय कार्यदल बनाएर गृहकार्य गरिरहेको भए पनि एकताको गृहकार्य गरेका थिए ।

नाउपाले वैशाख ३ गते कैलालीको टीकापुरमा केन्द्रीय समिति बैठक बोलाएको छ। त्यसअघि नै कार्यदलले एकता प्रस्ताव तयार पार्नेछ। टीकापुरमा बस्ने केन्द्रीय समिति बैठकले कार्यदलको प्रस्ताव पारित गरेसँगै एकता अर्को चरणमा पुग्नेछ।

वैशाखको पहिलो हप्ताभित्रै नाउपा र जनमतबीच एकता भइसक्ने दाबी नेताहरूकाे छ ।

शुक्रबारदेखि सुरू भएको नाउपको केन्द्रीय समितिको समापन शनिबार भएको थियो। त्यो बैठकमा जनमत अध्यक्ष सिके राउतसँगै नेसपा नयाँ शक्ति उपाध्यक्ष मानुषी यमी भट्टराईले पनि सम्बाेधन गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर