राजावादीहरुको उग्र आन्दोलनको छानविन र दोषी पत्ता लगाउन गृहमन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन

काठमाडौं । सरकारले उग्र राजावादीहरुको आज भएको आन्दोलनको छानविन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
आज साँझ अबेर बसेको क्याविनेट बैठकले मानिसको ज्यान जाने, तोडफोड र लुटपाटबारे छानविन गर्न सत्यतथ्य पत्ता लगाउने गृहमन्त्रालयलाई दिर्नेशन दिने निणय भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सरकारले आन्दोलनका क्रममा घाइतेभएकाहरुको निशुल्क स्वास्थ उपचार गर्ने निर्णय पनि गरेको छ ।
प्रतिकृया दिनुहोस