तीनकुनेमा ताेडफाेड र आगजनी: पूर्वराजा ज्ञानेन्द्रका नाममा महानगरले काट्याे पत्र

काठमाडौं । राजा फर्काउने शुक्रबारको आन्दोलनमा तीनकुने क्षेत्रमा भएकाे ताेडफाेडकाे दाेषी ठहर गर्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्रको नाममा पत्र काटेकाे छ।
तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो जरिवाना तोकेको हो।
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिजो गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
तीनकुनेमा भएको क्षतिको जरिवाना निर्मल निवासलाई तिराउँदै बालेन
जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेका थिए। दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा पुगेपछि पत्र पनि ज्ञानेन्द्र शाहकै नाममा काटिएको हो।
ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो। तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए।
महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण संकलन गरेको थियो। शुक्रबार अबेरसम्म पनि प्रदर्शनकारी उग्र भइरहेपछि महानगर प्रहरी बलसहित कर्मचारीको टोली फर्किएको थियो।
त्यसपछि शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्याएको क्षतिको विवरण संकलन गर्न पुगेको थियो।नकुनेमा भएको क्षतिको जरिवाना निर्मल निवासलाई तिराउँदै बालेन
जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेका थिए। दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा पुगेपछि पत्र पनि ज्ञानेन्द्र शाहकै नाममा काटिएको हो।
ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो। तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए।
महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण संकलन गरेको थियो। शुक्रबार अबेरसम्म पनि प्रदर्शनकारी उग्र भइरहेपछि महानगर प्रहरी बलसहित कर्मचारीको टोली फर्किएको थियो।
त्यसपछि शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्याएको क्षतिको विवरण संकलन गर्न पुगेको थियो।
प्रतिकृया दिनुहोस