चापागाईंलाई तोकियो नयाँ सीइओ: उल्टियो नेप्से सीइओ नियुक्तिको निर्णय

नेपाल स्टक एक्सचेन्ज नेप्से को सीईओं नियुक्तिको निर्णय उल्टिएको छ। हिजो बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओ नियुक्ति सम्बन्धी यसअघिको निर्णयलाई उल्ट्याएको स्रोतले जनाएको छ।
स्रोतकाअनुसार, सरकारले यसअघिको निर्णयलाई उल्ट्याएर झापा दमकका चुडामणि चापागाईंलाई नेप्सेको सीईओमा नियुक्ति गरेको छ। चापागाई आफैमा पुर्व बैंकर तथा शिक्षक पेशामा आबद्द व्यक्ति हुन्।
सूचना तथा प्रविधिमा पनि प्रविधिमा अनुभव प्राप्त भएकाले प्रविधिको क्षेत्रमा सुधार गर्न सक्ने व्यक्तिको रुपमा उनलाई चिनिन्छ। सानिमा र सनराइज बैंकमा समेत काम गरेका चापागाईसंग करीब २५ वर्ष बढीको अनुभव रहेको छ।
नेपाल बैंकको संचालक समिति सदस्य हुने पक्कापक्कि भएका चापागाई अब भने नेप्सेको जिम्मेवारी सम्हाल्नेछन।
यसअघिको मन्त्रिपरिषदको बैठकमा अर्का प्रतिस्पर्धी नारदकुमार लुइँटेललाई बनाउने निर्णय भएपनि माइन्युटु हुनुअघि प्राप्त सुचनाको आधारमा सरकारले निर्णय उल्ट्याएको स्रोतको दाबी छ।
सीईओ छनोटका लागि अन्तिम पाँच जना उम्मेदवारको सूचिमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए।
प्रतिकृया दिनुहोस