• २०८२ जेठ २२ बिहीबार
  • Thursday, 5 June, 2025

प्रधानमन्त्री ओली उडे थाइल्याण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा भाग लिन आज (मंगलबार) बैंककतर्फ प्रस्थान गरेका छन्।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को निमन्त्रणामा ओली थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमणमा निस्किएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा उनीसमेत २३ सदस्य रहका छन्। 

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, प्रमुख सेनानी, प्रधानमन्त्रीका पार्श्ववर्ती दिवाकर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,  प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई छन्। 

भ्रमण टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालय, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाका सहसचिव तापस अधिकारी, क्षेत्रीय सहयोग संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाकी अम्बिका जोशी, क्षेत्रीय सहयोग संगठन महाशाखाका उपसचिव विवेक रिजाल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल, शिष्टाचार अधिकृत ऋचा भट्टराई, राससका वरिष्ठ संवाददाता प्रकाश सिलवाल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत प्रहरी निरीक्षक कृष्ण खड्का, नेपाल टेलिभिजनका क्यामेरामेन सुदीप बुढाथोकी, प्रधानमन्त्रीका निजी फोटोग्राफर दिनेश भण्डारी, प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह छन्। 

प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण चैत २० गते सुरु हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

द्विपक्षीय वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेटकाे प्रयास गरेपनि अझै टुंगाे नलागेकाे स्राेतकाे दावी  छ ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर