• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

अनौपचारिक छेत्रको कब्जामा आयात अर्थतन्त्र: चन्द्रप्रसाद ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको अहिलेको दुराअवस्था आउनुमा केन्द्रीय बैंकको गलत मौद्रिक नीति रहेको आरोप लगाएका छन् । कोभिड–१९ पछि बजार तग्रिदै गर्दा श्रीलंकाले भोगेको आर्थिक संकट नेपालमा पनि आउने डरले केन्द्रीय बैंकले अनावश्यक र असोभाविक आयात नियन्त्रणको नीति लिँदा त्यसको प्रभाव सरकारी राजस्व र अर्थतन्त्रमा पर्न गएको उनले बताए । 

बिहीबार उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक उत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘श्रीलंकाबाट नेपाल धेरै त्रसित थियो । महासंघकै ५७औं वार्षिक उत्सव कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपाल पनि श्रीलंका जस्तै चरम आर्थिक संकटमा पर्न सक्ने बताइरहेका थिए । तर, मैले त्यति बेलै भनेको थिए, नेपाल र श्रीलंकाको स्थिति फरक छ । नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो हुँदैन भनेको थियो । 

विदेशी मुद्राको सञ्चितिको अभावमा नेपाल पनि श्रीलंकाको बाटोमा जान सक्ने सुझाव सरकारलाई दिइरहेको अवस्थामा मैले फरक विचार राखेको थिए । त्यसका केहीँ आधारहरु थिए । जस्तो, त्यतिबेला मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन ९जीडीपी० र कर्जा प्रवाह अनुपात ४० प्रतिशतभन्दा कम थियो । विदेशी मुद्राको सञ्चिति ६ महिनाभन्दा बढीको वस्तु र सेवा आयात धान्न पुग्ने अवस्थामा थियो । तर हामी बढीनै सतर्क भयौं । चाहिने भन्दा बढीनै सतर्क भयौं । धेरै कुरा नियन्त्रण गर्न खोज्यौं’ अध्यक्ष ढकालले भने, ‘जसको फलस्वरुप सरकारी राजस्व पनि गुम्यो र अनौपचारिक आयातको च्यानल खुल्न गर्यो र समस्या आयो ।’

अध्यक्ष ढकालले थपे, ‘राष्ट्र बैंकको गलत नीतिकै कारण अनौपचारिक आयात संस्थागत भयो । गाडी र मोटरसाइकल बाहेक सबै वस्तुहरु अनौंपचारिक रुपमा भित्रिए । त्यतिबेला बजारका मागहरु नियन्त्रण गर्न अपनाइएका नीतिहरुले अझैं बजारलाई चलाएमान बनाउन दिइरहेको छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर