धोनीले कप्तानी गरेकै बेला चेन्नईको अर्को लज्जास्पद हार

काठमाडौं । सुनील नारायणको अलराउन्ड प्रदर्शनको आधारमा कोलकाता नाइट राइडर्स केकेआरले चेन्नई सुपर किंग्स सीएसकेलाई आठ विकेटले पराजित गरेको छ।
केकेआरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो र नरेनको नेतृत्वमा उत्कृष्ट बलिङ प्रदर्शनका कारण सीएसके २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रनमा सीमित भयो।
जवाफमा नरेनले पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १८ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४४ रन बनाएको मद्दतमा केकेआरले १०.१ ओभरमा दुई विकेट गुमाएर १०७ रन बनाएर जित निकालेको हो ।
आइपीएलमा सीएसकेले लगातार पाँच खेल हारेको यो पहिलो पटक हो। यति मात्र होइन, घरेलु मैदान चेपौकमा उसले पहिलो पटक लगातार तेस्रो खेलमा हार बेहोरेको हो ।
ऋतुराज गायकवाड घाइते भएपछि चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका थिए।
शिबम दुबेले ३१ र विजय शंकरले २९ रन बनाए। अरू ब्याटर चलेनन्। कप्तान धोन ४ बल खेलेर एक रनमै आउट हुन पुगे। रवीन्द्र जडेजा र दीपक हुडा शून्यमा आउट भए।
बलिङतर्फ कोलकाताका सुनिल नारायणले तीन, हर्षित राना र वरूण चक्रवर्थीले दुई/दुई तथा वैभव अरोरा र मोयन अलीले १/१ विकेट लिए।
कोलकाताले १०४ रनको लक्ष्य १०.१ ओभरमा २ विकेटमात्रै गुमाएर पूरा गर्यो।
त्यस क्रममा कप्तान अजिन्क्य रहाने र रिंकु सिंहले नट आउट क्रमशः २० र १५ रन बनाए।
त्यसअघि ओपर सुनिल नारायणले १८ बलमा २ चौका र ५ छक्का हानेर ४४ रन बनाएका थिए। क्वीन्टन डीककले १६ बलमा तीन छक्का हानेर २३ रन जोडे।
चेन्नईका अनसुल कमबोज र नुर अहमदले एक/एक विकेट लिए।
साविक विजेता कोलकाता ६ खेलमा तीन जित निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। चेन्नई २ अंकसहित नवौं स्थानमा छ।
चेन्नई यसअघि पञ्जाब, दिल्ली, राजस्थान र बेंग्लुरूसँग पराजित भएको थियो। मुम्बईविरूद्धको पहिलो खेलमा भने चेन्नईले ४ विकेटले जितेको थियो।
प्रतिकृया दिनुहोस