सत्ता समिकरणबारे चर्चा भइरहेका बेला कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीले आगामी वैशाख १७ गतेका लागि बैठक आह्वान गरेको हो।
पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त दिन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेगरी आह्वान गरिएको जानकारी दिए ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहने बैठकले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल र आवश्यक निर्णय गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस