• २०८२ बैशाख ९ सोमबार
  • Monday, 21 April, 2025

संवैधानिक पदाधिकारीको नियुक्तिबारे पूर्ण इजलासमा सुनुवाइ 

काठमाडाैं । संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै दायर रिटमा अहिले सर्वोच्च अदालतको पूर्ण इजलासमा अहिले सुनुवाइ भएरहेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा १५ थान रिटमाथि एकसाथ सुनुवाइ भइरहेको हो । 

रिटमा गत माघदेखि नियमित सुनुवाइ हुँदै आएको छ । बुधबार र शुक्रबारमात्रै पूर्ण इजलासमा सुनुवाइ हुने गरेपनि प्रधानन्यायाधीशकै अग्रसरतामा आज आइतबार पनि सुनुवाइ भएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेका ती रिटमाथि प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए । पदाधिकारीहरुको कार्यकाल सकिनै लाग्दा समेत दायर रिटमाथिको सुनुवाइ भने टुंगिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर